Logo

May 14, 2026

May 14, 2026 | २०८३-०१-३१

सर्वोदय बाल क्लब र स्काउट दलद्वारा सञ्चालित देउसी भैलो कार्यक्रम सम्पन्न

सर्वोदय बाल क्लब र स्काउट दलद्वारा सञ्चालित देउसी भैलो कार्यक्रम सम्पन्न

सर्वोदय शिक्षा खबर
कात्तिक ०६, २०८२

दमक/ सर्वोदय इङ्ग्लिस बोर्डिङ अन्तर्गत रहेको सर्वोदय बाल क्लब र सर्वोदय स्काउट दलको संयुक्त आयोजनामा देउसी भैलो कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। शुभ दीपावली २०८२ को अवसरमा आयोजना गरिएको उक्त कार्यक्रम काग तिहारदेखि लक्ष्मी पूजाको भोलिपल्टसम्म चार दिनसम्म सञ्चालन भएको थियो।

विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रममा सम्पूर्ण कार्यहरू स्वयं विद्यार्थीहरूले नै गरेका थिए। क्लबकी अध्यक्ष श्रीविना राईका अनुसार देउसी भैलोबाट संकलित रकम विद्यार्थीहरूको विपद् कोष र सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरूमा खर्च गरिनेछ। यस अन्तर्गत सामुदायिक विद्यालयमा “एक विद्यार्थी, एक कापी” उपहार कार्यक्रम, सचेतना कार्यक्रमलगायतका सामाजिक कार्यहरू सञ्चालन गरिने जनाइएको छ।

क्लबले विगतमा पनि मानव सेवा आश्रममा सहयोग, सडक कुकुरलाई खाना वितरण, मन्दिरमा सहयोग लगायतका सामाजिक कार्य गर्दै आएको सर्वोदय स्काउट ट्रुप लिडर श्रीविना राइले बताइन ।

प्रतिक्रिया दिनुहोस